झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ करिब ५ः३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर नगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय शीर्षक सुवेदी गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा साँझ ६ः१५ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
दुवै मृतकको शव हाल बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















