झापा। झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा ‘ग्यासगन’ फेला परेको छ।
आज बिहान ६:३० बजेतिर कमल गाउँपालिका-५, स्थित धनप्रसाद मार्गनजिकै गेउरीया खोलाकिनारमा ‘ग्यासगन’ भेटिएको हो।
२३८१६९ नम्बरको ग्यासगन गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले दमकस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार भएको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खानतलासीका क्रममा उक्त हतियार आज बिहान फेला पारेको हो। बरामद ग्यासगन खिया लागेको तथा जलेको अवस्थामा छ।
भेटिएको हतियारका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



















