एसबिआई बैंक भोजपुरद्वारा बौद्धिक अपाङ्गता बालबालिकालाई खाद्य सामग्री वितरण

दिपेन्द्र लुईटेल भोजपुर । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भोजपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।
भोजपुर नगरपालिका वडा नं. १२ मा अवस्थित यसोधारा माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी बैंकले १६ हजार ७ सय ४० रुपैयाँ बराबरको अत्यावश्यक खाद्य सामग्री एक कार्यक्रमका बीच वितरण गरेको हो।
कार्यक्रममा नेपाल एसबिआई बैंक भोजपुर शाखाका अपरेसन इन्चार्ज कृष्ण घिमिरे, बैंकका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अपरेसन इन्चार्ज घिमिरेका अनुसार करिब एक दर्जन बौद्धिक अपाङ्गता भएका बालबालिकालाई औपचारिक रूपमा खाद्य सामग्री हस्तान्तरण गरिएको हो। उनले बैंकले बिपन्न तथा पिछडिएका वर्गलाई लक्षित गरी यस्ता सामाजिक कार्यक्रम समय–समयमा गर्दै आएको बताए।
समुदायलाई लक्षित गरी गरिएको यस प्रकारको सहयोग कार्यक्रमले बालबालिकाको पोषण तथा संरक्षणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको

EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *