कोशी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले हालका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहार पठाउने सहमति गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो। नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि आज साँझ साढे चार बजे प्रदेश प्रमुखसँग समय तय गरिएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार आज सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिनेछन्। पुनर्गठनपछि एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री र इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने तयारी गरिएको छ। यस्तै रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ भने उमाकान्त गौतमलाई राज्यमन्त्री बनाइने तयारी छ।

EPIC EPIC EPIC

नेपाली कांग्रेसतर्फबाट प्रदीप सुनुवारलाई भौतिक पूर्वाधार, भीम पराजुलीलाई पर्यटन, वन तथा वातावरण, मानबहादुर लिम्बूलाई स्वास्थ्य मन्त्री र इस्राइल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्री बनाउने तयारी गरिएको छ। शोभा चेम्जोङलाई पनि राज्यमन्त्री बनाउने योजना छ।

हाल एमालेबाट रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला तथा योजना, एकराज कार्की खानेपानी, ऊर्जा तथा सिँचाइ र पाँचकर्ण राई सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छन् भने सिर्जना राई राज्यमन्त्री छन्। कांग्रेसतर्फ भूपेन्द्र राई भौतिक पूर्वाधार तथा स्वास्थ्य, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण र खगेनसिं हांगाम उद्योग, कृषि तथा सहकारी मन्त्री रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *