झापा–१ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कार्यतालिका सार्वजनिक

मेचीनगर। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने क्रममा शुक्रबार मेचीनगर नगरपालिकाको भवनमा यो कार्यालय सञ्चालनमा ल्याइएको हो।

​क्षेत्र नं. १ को निर्वाचन अधिकृतको जिम्मेवारी सर्वोच्च अदालतका इजलास अधिकृत (उपसचिव) गोपी विश्वकर्मालाई दिइएको छ। यस्तै, सहायक निर्वाचन अधिकृतमा झापा जिल्ला अदालतका शाखा अधिकृत टेकबहादुर श्रेष्ठ रहेका छन्। कार्यालय सञ्चालनका लागि प्राविधिकसहित ९ जना कर्मचारीको टोली खटिएको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ।

EPIC EPIC EPIC

​कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको निर्वाचन अधिकृत विश्वकर्माले जानकारी दिए। उनका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ भने फागुन २१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।

​झापा–१ मा कुल १ लाख ३१ हजार ६७ मतदाता रहेका छन्। निर्वाचनका लागि यस क्षेत्रमा ४५ मतदान स्थल र १४५ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *