बिर्तामोडमा मोटरसाइकल दुर्घटना: भद्रपुरका ३६ वर्षीय निरौलाको मृत्यु

झापा । झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

​बिर्तामोड नगरपालिका–८ हर्चना टोल स्थित सैनिकमोड–भद्रपुर सडकखण्डमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

EPIC EPIC EPIC

​मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ३६ वर्षीय सुदिर निरौला रहेका छन्।

​प्रहरीका अनुसार शुक्रबार राति करिब ८:१५ बजे सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको थियो।

​दुर्घटनामा गम्भीर घाइते भएका निरौलालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

​घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *