आज बृहत मोटरसाइकल र्याली गर्दै उज्यालो नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले आज काठमाडौंमा बृहत मोटरसाईकल र्याली गर्ने भएको छ । शनिबार बिहान १०ः०० बजे तीनकुनेबाट मोटरसाइकल र्याली सुरु गर्ने उज्यालो नेपाल पार्टीको निर्वाचन सचिवालयले जनाएको छ ।

सुशासन, समृद्धि र सामाजिक न्यायको सन्देशसहित बृहत मोटरसाइकल र्याली गर्न लागिएको उनेपाले जनाएको छ । पार्टीका अनुसार उक्त मोटरसाइकल र्याली उज्यालो नेपाल पार्टीको नीति, विचार र लक्ष्यलाई आम नागरिकसम्म र्पुयाउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

EPIC EPIC EPIC

र्यालीमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारालाई अघिसार्दै व्यवहारिक राजनीति र परिणाममुखी काममा जोड दिँदै आएको जनाएको छ ।

पार्टीले आम नागरिकलाई र्यालीमा सहभागी भई सुशासन र समृद्धिको यात्रामा साथ दिन आग्रहसमेत गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *