पुराना दलहरूले नागरिकका गुनासा, समस्या र आवाजलाई सम्बोधन गर्न सकेन : रास्वपा नेता पाठक

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। जिल्लाका सबै वडाहरूमा पार्टी समिति विस्तार भइसकेको र नागरिकको मन जित्न सफल भएको दाबी रास्वपाका स्थानीय नेता तथा उम्मेदवार प्रकाश पाठकले गर्नुभएको छ।

​जिल्ला समन्वय समिति झापाको परिसरमा बोल्दै पाठकले विगत साढे तीन दशकदेखि सत्ता सम्हालिरहेका मुख्य राजनीतिक दलहरूप्रति कडा आलोचना गर्नुभयो। उहाँले पुरानाले नसकेको र व्यवस्थापनमा चुकेको आरोप लगाउनुभयो। “नागरिकले पाउनुपर्ने विषयवस्तुहरूमा भएको अव्यवस्थाले अब यो स्थिति रहिरहन सक्दैन, परिवर्तन अपरिहार्य छ,” पाठकले भन्नुभयो।

EPIC EPIC EPIC

​युवा वर्गले राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै पाठकले रास्वपाको सरकार बनेको खण्डमा पुराना दलहरूले जस्तो दशकौँ कुराउने छैन, बरु डेढ-दुई वर्षमै नतिजाको झलक दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बालेन शाहसँगको प्रसंग र झापा क्षेत्र नं. ५

आफ्नो मन्तव्यका क्रममा बाह्रदशी-३ निवासी उम्मेदवार पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खुलेर प्रशंसा गर्नुभयो। बालेनले काठमाडौँमा बनाएको छाप देशभर विस्तार गर्ने नागरिकको चाहना रहेको उहाँले बताउनुभयो।

​रोचक कुरा के छ भने, पाठकले बालेनलाई ‘पार्टीको वरिष्ठ नेता’ को संज्ञा दिँदै विगतमा बालेनले झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने र ‘त्यो पात्र’ (शीर्ष नेतालाई इंगित गर्दै) लाई परास्त गर्ने इच्छा व्यक्त गरेको स्मरण गराउनुभयो। बालेनको सोही दृढतालाई आत्मसाथ गर्दै रास्वपाले झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी अघि बढाएको उहाँको भनाइ थियो। उहाँले झापाका मतदाताले विवेक गुमाउने छैनन् भन्ने विश्वास समेत व्यक्त गर्नुभयो।

​अन्त्यमा, अबको पुस्ता छिटो परिवर्तनको पक्षमा रहेको र त्यसको लागि रास्वपा र बालेन शाह जस्ता पात्रहरूमा नागरिकले भरोसा खोजेको पाठकले जिकिर गर्नुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *