झापाका ६ पालिकामा हात्तीपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान सुरु

झापा। झापा जिल्लाका ६ वटा स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको सामूहिक औषधि सेवन अभियान सुरु भएको छ।

हात्तीपाइले जस्तो दीर्घकालीन र अपाङ्गता निम्त्याउने रोगको जोखिम कम गर्न कचनकवल, झापा, बाह्रदशी, हल्दिबारी गाउँपालिका तथा कनकाई र अर्जुनधारा नगरपालिकामा यो अभियान सञ्चालन गरिएको हो। जिल्लाभर अझै २ हजार २६९ जनामा हात्तीपाइलेको संक्रमण देखिएपछि १४औँ पटकको अभियानका रूपमा करिब ६ करोड रुपैयाँ खर्चेर यो कार्यक्रम अघि बढाइएको छ।

EPIC EPIC EPIC

यस अभियान अन्तर्गत जिल्लाका २ लाख ८२ हजार नागरिकलाई औषधि खुवाउने लक्ष्य राखिएको छ, जसमध्ये कनकाईमा सबैभन्दा धेरै ५२ हजार ९५४ र हल्दिबारीमा ३१ हजार ५३१ जनालाई समेटिनेछ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले अभियानलाई निरन्तरता दिइएको हो भने विश्व स्वास्थ्य सङ्गठनका रविन्द्र खनियाले समुदायमा अझै पनि हातगोडा सुन्निने र हाइड्रोसिल जस्ता लक्षण भएका बिरामीहरू भेटिएको बताउनुभएको छ। नेपालले सन् २०३० सम्ममा हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य लिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *