कचनकवल । झापाको कचनकवल गाउँपालिका निवासी त्रिभुवन राजवंशीले क्यान्सर जस्तो घातक रोगसँग लड्दै आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको छ।
विगत ४–५ महिनादेखि क्यान्सरबाट ग्रसित राजवंशीको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। लामो समयदेखिको उपचार र औषधोपचार खर्चले गर्दा परिवारको आर्थिक अवस्था दयनीय बनेको छ।
परिवारका अनुसार, उहाँको उपचारका क्रममा घरमा भएको सानो पुँजी करिब ४ देखि ५ लाख रुपैयाँ सकिइसकेको छ। थप उपचारका लागि रकम अभाव भएपछि उहाँको जीवन जोखिममा परेको छ। उहाँले भावुक हुँदै भन्नुभयो, “म बाँच्न चाहन्छु।”
आर्थिक संकटका कारण उपचार रोकिने अवस्था आएपछि उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेको सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ।
उहाँको उपचारमा सहयोग गर्न इच्छुक महानुभावहरूका लागि परिवारले बैंक खाता विवरण उपलब्ध गराएको छ। तपाईंको सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो राहत मिल्ने परिवारको विश्वास छ।
सहयोगका लागि बैंक खाता विवरण:
- बैंकको नाम: एन आई सी एशिया बैंक (NIC Asia Bank)
- शाखा: कचनकवल (Kachankawal Branch)
- खातावालाको नाम: जमुना कुमारी राजवंशी (श्रीमती)
- खाता नम्बर: २०३५७५३२०९१०७००१ (2035753209107001)



















