आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ७२ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। यीमध्ये पाँच जना महिला उम्मेदवार रहेको आयोग स्रोतको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने सम्बन्धी ७२ जनाको निवेदन दर्ता भएको हो। उम्मेदवारी फिर्ता लिनेमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन्।
आयोगका अनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनुका कारणमा व्यक्तिगत, पारिवारिक तथा सामाजिक कारणका साथै निर्वाचनमा सहभागी हुन इच्छा नहुनु उल्लेख गरेका छन्। केही उम्मेदवारहरूले भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार आफ्नो राजी–खुशीले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन्।


















