बुद्धशान्ति । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल, बुद्धशान्ति गाउँसमितिको अध्यक्षमा पूर्ण सुहाङ र सचिवमा गजुहाङ्ग योङहाङ्ग निर्वाचित हुनुभएको छ। आज सम्पन्न दोस्रो ऐतिहासिक बुद्धशान्ति अधिवेशनले उहाँहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा याम योङहाङ र डम्बर पाक्सावा, सहसचिवमा जमुना लिम्बू, कोषाध्यक्षमा ललिता कुरुम्बो सुब्बा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा भिम बहादुर लिम्बू, चन्द्र तामाङ, देउकुमार नेम्बाङ, अरुण लिम्बू र सुशील लिम्बू चयन भएका छन्।
त्यस्तै, भोलेन्टियर इन्चार्जमा प्रकाश कावेन, सहइन्चार्जमा तेजु तामाङ र प्रवक्तामा सुमन लिम्बू चयन हुनुभएको छ।




















