ओलीलाई बालेनको चुनौती: ‘गढ’ जोगाउन एमालेलाई अन्य दलको सहारा!

काठमाडौं- विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष तहका नेतालाई चुनाव जिताउन केही निर्वाचन क्षेत्रमा सहकार्यको गृहकार्य भइरहेको छ ।

केही दलका बीचमा घोषित रुपमै गठबन्धनको तयारी हुँदै गर्दा केही सिटमा अघोषित सहकार्य गर्ने छलफल भइरहेको छ ।

EPIC EPIC EPIC

उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । मतदाताका बीचमा पुग्ने र मत माग्ने कामले तिब्रता पाउँदा चुनावी सरगर्मी बढेको छ । बिभिन्न क्षेत्रमा उम्मेदवारी दिएका केही शीर्षत नेताहरू नै पराजित हुने चिन्ता र चासो बढेको छ । शीर्ष तहका नेताहरू नै निर्वाचनमा पराजित हुने आशंकाबीच सहकार्य गर्ने आन्तरिक गृहकार्य गर्ने छलफल सुरु भएको हो ।

कांग्रेस सभापति गगनकुमार थापा
विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति भएका गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् । काठमाडौं–४ बाट गत निर्वाचनमा बिजयी थापा ठुलो जोखिम मोलेर सर्लाही–४ बाट उम्मेदवारी दिए ।

२०७९ सालको निर्वाचनमा सर्लाही–४ बाट बिजयी भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिइ बिजयी भएका सिंहले यो निर्वाचनमा कडा टकर दिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली
झापा–५ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा गरेर रास्वपाबाट शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।

विगतमा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संग अघोषित र अन्य दलहरूसंग घोषित गठबन्धन गर्दै झापा–५ बाट बिजयी भएका थिए । यसपटकको निर्वाचनमा पनि ओलीले जसरी पनि बिजयी हुन घोषित र अघोषित गठबन्धनको प्रयास गर्दैछन् ।

स्रोतका अनुसार झापा–५ मा कांग्रेसले सघाउने र सर्लाही–४ मा एमालेले कांग्रेसलाई सघाउने विषयमा ‘मोटामोटी सहमति’ भएको छ । शेरबहादुर देउवालाई विशेष महाधिवेशन गर्दै सभापति हटाएर आफै सभापति भएका थापा निर्वाचनमा कसरी बिजयी हुने भन्ने छलफलमा छन् ।

रास्वपाका उम्मेदवार शाह चुनौती बन्दै गएपछि ओलीले नेकपा र राप्रपासंगसमेत यो क्षेत्रमा सहकायृको प्रस्ताव गरेका छन् । बदलामा झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रौतहट–१ मा नेकपाका उपसंयोजक माधव नपाललाई सघाउन एमालेको प्रस्ताव छ । यो प्रस्तावमा राप्रपा, नेकपालगायतका दल पनिसकारकात्मक रहेको र चुनावका सम्मुखमा औपचारिक रूपमा सहमति गर्ने दलहरूको तयारी छ ।

नेता नेपालले पनि केही निर्वाचन क्षेत्रमा तालमेल गर्न जोडवल गरिरहेका छन् । प्रचण्ड र नेपाललाई बिजयी गराउन एमालेका उम्मेदवारलाई डमी बनाउने र उता ओलीलाई बिजयी बनाउने नेकपाले आफ्ना उम्मेदवारलाई डमी बनाउनेमा समेत छलफल चलिरहेको छ ।

यसैगरी सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई समेत बिजयी गराउनेमा छलफल जारी छ । पत्रपत्रिकाबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *