इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

EPIC EPIC EPIC

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी सरकारी जानकारी पाएका छौं । हामी उहाँको परिचयबारे थप बुझ्दैछौं,’ क्षेत्रीले भने ।

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ । यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो । यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् । मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च