९ औ भोजपुर मेयर गोल्डकप : आयोजक भोजपुर विजयी


भोजपुर । भोजपुर जिल्ला सदरमुकाम स्थित कोदार फुटबल रंगशालामा जारि ९ औ मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि आयोजक जिल्ला फुटबल संघ भोजपुरले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक टिमले सातदोबाटो फुटबल क्लब काठमाण्डौ लाई १- २गोल ले हराउदै आयोजक टिम विजयी भएको हो । प्रतियोगितामा विजयी टिमले नगद रु पाँच लाख, ट्रफि, दोस्रो पुरस्कार तिन लाख र ट्रफि प्राप्त गरेका छन ।
विजयी टिम र खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि एव भोजपुर नगरपालिकाका मेयर कैलाश आले एव अन्य अतिथिहरुले पुरस्कर प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तरगत प्लेयर अफ द म्याच भोजपुर जिल्ला फुटबल संघ भोजपुरका सन्तोष तामाङले नगद रु पाँच हजार र मेडल, बेष्ट गोल किपर भोजपुर जिल्ला फुटबल संघ भोजपुरका समीर क्षेत्रीले नगद रु सात हजार पाच सय र मेडल
र बेष्ट कोच भोजपुर जिल्ला फुटबल संघ भोजपुरका प्रशिक्षक बिनम श्रेष्ठले नगद रु सात हजार पाच सय र मेडल प्राप्त गरेका छन ।
त्यस्तै हाई स्कोर भोजपुर जिल्ला फुटबल संघ भोजपुरका दोर्जी तामाङ र सातदोबाटो फुटबल क्लब काठमाण्डौ समीर तामाङ, APF हरि कार्कीलाइ नगद रु एघार हजार र मेडल
प्रदान गरिएको छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी भने आयोजक टिम भोजपुरका बिबेक राई भएका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च