बुद्धशान्तिसहित झापाका ६ वटा आविमा २० भन्दा कम विद्यार्थी

बुद्धशान्ति। झापाका सामुदायिक माध्यमिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढिरहेको बेला ६ वटा आधारभूत विद्यालयमा २० भन्दा कम विद्यार्थी छन् । ६ वटै आधाभूत विद्यालय ग्रामीण क्षेत्रमा रहेका छन् । मेचीनगरको श्रीकृष्ण प्राथमिक विद्यालयमा जम्मा ९ जना विद्यार्थी छन् । त्यहाँ ३ जना शिक्षक कार्यरत छन् । मेचीनगरकै मेची प्राविमा ११ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरुलाई पढाउन एकजना शिक्षक कार्यरत छन् ।

अर्जुनधारा नगरपालिकामा रहेको भागवत भक्ति आश्रममा ६ जना विद्यार्थी रहेकोमा सत्यापनपछि अहिले विद्यार्थी संख्या २४ पुगेको छ । त्यहाँ दुईजना शिक्षक कार्यरत छन् । गौरादह नगरपालिकास्थित तालिमुल फकिरढिपमा २० जना विद्यार्थी छन् भने उनीहरुलाई पढाउन एकजना शिक्षक छन् । गौरादहकै शिवशक्ति विद्यापीठमा १८ जना विद्यार्थी र पाँचजना शिक्षक रहेका छन् ।

EPIC EPIC EPIC

बुद्धशान्तिमा रहेको तिरुपति संस्कृत गुरुकुल पाठशालामा २० जना विद्यार्थी पढाउन दुईजना शिक्षक कार्यरत रहेका छन् । त्यहाँ कक्षा ६ देखि ८ सम्म पढाइ हुने गरेको छ । यसअघि भद्रपुर नगरपालिका, कमल, बाह्रदशी र कचनकवल गाउँपालिकाले विद्यार्थी संख्या कम भएपछि विद्यालय गाभेको छ भने शिक्षकको दरबन्दी मिलान गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च