बुधबारे । बुद्धशान्ति गाउँपालिकाको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालले अस्पतालबाट सञ्चालन हुँदै आएको आँखा उपचार सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जनाएको छ । अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार मेची नेत्रालयको समन्वयमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको आँ

खा उपचार सेवा स्वास्थ्य बीमा बोर्डको निर्णय तथा परिपत्रका कारण निरन्तरता दिन नसकिने अवस्था सिर्जना भएको हो । सोही कारण हालका लागि आँखा उपचारसम्बन्धी सम्पूर्ण सेवा स्थगन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सूचनामा स्वास्थ्य बीमा बोर्डको पछिल्लो नीतिगत व्यवस्थाअनुसार सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले सेवा बन्द गर्नुपरेको उल्लेख गरिएको छ । यसअघि अस्पतालमार्फत स्थानीय तथा आसपासका क्षेत्रका नागरिकले आँखा जाँच, परामर्श तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्दै आएका थिए । सेवा बन्द भएसँगै आँखा सम्बन्धी उपचारका लागि अस्पतालमा आउने सेवाग्राहीहरू प्रभावित हुने भएका छन् । विशेषगरी स्वास्थ्य बीमामार्फत उपचार गराउँदै आएका बिरामीहरूलाई वैकल्पिक स्वास्थ्य संस्थाको खोजी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।



















