त्रिभुवन माविमा ‘स्टुडेन्ट अफ द मन्थ’ अभियान शुरु

बुधबारे (पालिका सन्देश) । बुद्धशान्ति–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित नयाँ तथा रचनात्मक कार्यक्रमहरूको सुरुवात गरेको छ । विद्यार्थीलाई अध्ययनप्रति थप जिम्मेवार, अनुशासित र प्रतिस्पर्धी बनाउने उद्देश्यले विद्यालयले प्रत्येक महिनाको अन्तिम सातामा नियमित मासिक परीक्षा सञ्चालन गर्ने व्यवस्था लागू गरेको जनाएको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई हरेक महिना ‘स्टुडेन्ट अफ द मन्थ’ घोषणा गरी सम्मान गर्ने कार्यक्रम पनि सुरु गरिएको छ ।


यस महिनाका ‘स्टुडेन्ट अफ द मन्थ’ घोषित विद्यार्थीहरूलाई विद्यालयले सम्मान गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । विद्यालयका अनुसार यस अभियानले विद्यार्थीहरूमा नियमि

EPIC EPIC EPIC

त अध्ययन गर्ने बानी, स्वस्थ प्रतिस्पर्धा र उत्कृष्टता हासिल गर्ने प्रेरणा जगाउने अपेक्षा गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका अनुसार विद्यालयले केवल परीक्षामुखी शिक्षा होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएको हो । उनले भने, “हामी विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित राख्न चाहँदैनौँ । नियमित मूल्याङ्कन, अनुशासन, सिर्जनशीलता र सकारात्मक प्रतिस्पर्धामार्फत उनीहरूको क्षमता उजागर गर्ने हाम्रो लक्ष्य हो। मासिक परीक्षा र ‘स्टुडेन्ट अफ द मन्थ’ जस्ता कार्यक्रमले विद्यार्थीलाई निरन्तर मेहनत गर्न प्रेरित गर्नेछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा यस्ता थप रचनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्दै जानेछौँ ।”


प्रधानाध्यापक आचार्यका अनुसार विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेले विद्यालयमा नियमित मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने तथा उत्कृष्ट विद्यार्थीलाई मासिक रूपमा सम्मान गर्ने लगायतका शैक्षिक सुधारका लागि विशेष अवधारणा अघि सारेको र सो कुरालाई बिद्यालयले कार्यान्वयनमा ल्याएको बताए ।


वडा अध्यक्षले प्रस्तुत गरेको उक्त प्रस्तावलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, र शिक्षकहरूको संयुक्त वैठकले समेत सर्वसम्मत रूपमा अनुमोदन गरेपछि विद्यालयले औपचारिक रूपमा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले बताए । प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक अभियानलाई सफल बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै आफ्ना बालबालिकाको नियमित अध्ययन, गृहकार्य र विद्यालय गतिविधिमा अभिभावकले निरन्तर चासो दिन आग्रह गरे । विद्यालयले “नयाँ सुरुवात, नयाँ उत्साह” भन्ने नारासहित सुरु गरेको यो अभियानले विद्यार्थीको सिकाइ उपलब्धि, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। वडा अध्यक्ष वाग्लेले वडाका अरू सामुदायिक बिद्यालयमा पनि शैक्षिक सुधारको नयाँ र रणनीतिक योजना लागू गरिने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च