‘पालिका सन्देश’ सामाजिक सुरक्षा कोषमा सूचीकृत, सञ्चारकर्मीको सामाजिक सुरक्षा र आर्थिक सुरक्षामा थप योगदान पुग्ने अपेक्षा

झापा । पी. एस. टी नेपाल मिडिया प्रालिद्धारा सञ्चालित ‘पालिका सन्देश साप्ताहिक’ सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ। श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले पत्रिकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको हो।

स्थानीय तहका गतिविधि, विकास निर्माण, जनसरोकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको पालिका सन्देश साप्ताहिकले आफ्ना सञ्चारकर्मी तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा जोड्ने तयारी गरेको हो। पालिका सन्देश साप्ताहिक बुद्धशान्ति गाउँपालिकाबाट नियमित रूपमा प्रकाशित हुँदै आएको एक मात्र छापा सञ्चारमाध्यम हो।

EPIC EPIC EPIC

सामाजिक सुरक्षा कोषमा रोजगारदाता तथा श्रमिक आबद्ध हुने व्यवस्थाअनुसार सञ्चारमाध्यमले पनि आफ्ना कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सक्ने व्यवस्था रहेको छ। विभिन्न स्थानीय तहहरूले समेत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सूचना जारी गर्दै आएका छन्।

पालिका सन्देश साप्ताहिकको यो कदमले सञ्चारकर्मीको सामाजिक सुरक्षा, भविष्यको आर्थिक सुरक्षा तथा श्रमको सम्मानमा थप योगदान पुग्ने अपेक्षा गरिएको संस्थाका अध्यक्ष एवम् सम्पादक तीर्थराज तिम्सिनाले बताएका छन् । यस पत्रिकाको साप्ताहिक तथा डिजिटल अनलाइनमा गरि ९ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । क्रमश उनीहरुलाई कोषमा आवद्ध गराउँदै लैजाने जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च