७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजार २ सय १० जनामा सङ्क्रमण

स्क्रब टाइफसको सङ्क्रमण ७४ जिल्लामा फैलिएको स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । १० हजार २ सय १० जना मानिसमा स्क्रब टाइफसको सङ्क्रमण समेत देखिएको छ । महाशाखाका अनुसार सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमण र मृत्युको प्रदेशगत तथा जिल्लागत वितरण अनुसार लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ लुम्बिनी प्रदेशमा दुई हजार ८४८ जना सङ्क्रमित भएका छन् ।

EPIC EPIC EPIC

त्यस्तै सुदूरपश्चिममा २ हजार १३ जना, गण्डकीमा १,८९५ जना, बागमतीमा एक हजार २८४ जना, कोशीमा १ हजार १६० जना, कर्णालीमा ७५१ जना र मधेस प्रदेशमा २५९ जना सङ्क्रमित रहेका छन् ।

जोखिम बढेसँगै स्वास्थ्य महाशाखाले झाडी, घाँस, खेतबारी तथा जङ्गलमा जाँदा सावधानी अपनाउन, पूरै शरीर ढाक्ने लुगा र बुट लगाउन तथा घर फर्किएपछि मनतातो पानी र साबुनले नुहाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

अचानक तीव्र ज्वरो आउने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान हुने वा शरीरमा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन र थप जानकारीका लागि महाशाखाको कल सेन्टर १११५ मा सम्पर्क गर्न सुझाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च