भोजपुरमा जारी चौँथो वडाध्यक्ष कप खुला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आम्तेक–११ र युनिटी–७ प्रवेश गरेका छन्।
सोमबार भएको पहिलो सेमिफाइनलमा बिहानी फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै आम्तेक–११ फाइनल पुगेको हो। यस्तै, दोस्रो सेमिफाइनलमा कोदार फुटबल क्लबलाई १–० गोलले हराउँदै युनिटी–७ ले फाइनलमा स्थान बनाएको छ।
उपाधिका लागि दुवै टोलीबीच मंगलबार सदरमुकामस्थित टुँडिखेलमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्बर ७ ले गरेको हो।



















