झापा, असार २० । रातो पोष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादकमा दिलिप थापा चयन भएका छन् ।
रातो पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित रातो पोष्ट साप्ताहिक एवम् डिजिटल पत्रिका रातो पोष्ट डटकमको प्रधान सम्पादकमा थापा चयन भएका हुन् ।
आईतवार रातो पोष्ट मिडिया प्रालिको कार्यालयमा सञ्चालक समितिकाे बैठकले पत्रकार थापालाई प्रधान सम्पादकम तथा अर्का पत्रकार प्रविन अधिकारीलाई सम्पादकमा नियुक्ति गरेको छ ।
प्रधान सम्पादक थापा यस अघी सम्पादकको जिम्मेवारीमा रहेर कुशलता पूर्वक आफ्नो दायित्व पुरा गरिरहेका थिए ।थापा रातो पोष्ट मिडिया प्रालिका सञ्चालक मध्येका एक हुन् ।
त्यसैगरी नेपालको न्याय, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका अनेक विकृतिमाथि कलम चलाइरहेका पत्रकार अधिकारीलाई सम्पादकमा नियुक्ति गरेको अध्यक्ष गणेश कुमार मगरले बताए ।
काँकरभिट्टामा प्रधान कार्यालय रही बिगत दुई बर्षदेखी अनवरत अनलाइन र साप्ताहिक पत्रीकाको माध्यमबाट जनतालाई सुचुचित गर्दै आएको छ ।



















