सदस्यको मृत्युमा परिवारलाई एनएमसीको राहत रकम

बुद्धशान्ति – मेचीनगर-६, काँकरभिट्टा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो शेयर सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ ।

एनएमसी सहकारीको बुधबारे सेवा केन्द्र अन्तर्गत शेयर सदस्य नेत्रमाया न्यौपानेको असार १४ गते निधन भएको थियो । बुधबार उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

EPIC EPIC EPIC

एकाइ नम्बर ७ का संयोजक, एकाइ सदस्य, एकाइ सदस्य सचिव तथा कार्यालयका कर्मचारीहरुको टोलीले निवासमा गएर राहत प्रदान गरेको संस्थाकी कर्मचारी देविका अधिकारी दङ्गालले बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *