Search
Close this search box.
Search
Close this search box.

६ महिने कम्प्युटर तालिम सम्पन्न

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा ६ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र भद्रपुर र बुद्धशान्ति गाउँपालिका सूचना तथा प्रबिधि शाखाको संयुक्त साझेदारी भएको कार्यक्रम आर्थिक ०७६/०७७ को पहिलो सत्रबाट सुरु भएको हो ।

कार्यक्रमको समापनको दिनमा बोल्दै बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले आफुले सिकेको सीप सहि ठाउँमा प्रयोग गर्नु र सिपको प्रयोग गरेर आफू र आफ्नो समाज समुदाय सिङ्गो राष्ट्र कै नाम उच्च राख्नु जस्ता सन्देश दिए ।

EPIC EPIC EPIC

यसै गरि सुचना प्रबिधी शाखा प्रमुख तोषराज -सन्तोष ठाकुरले पनि सिकेको सीप खेर नजाओस उच्च यसलाई सहि एउटा हतियारको रूपमा लिएर अगि बढनु तपाईंको सिपको उच्च मुल्यांकन होस जस्ता कुरा ब्याक्त गरे ।

बुद्धशान्ति गाउँपालिकाका २४ विद्यार्थी समाबेश गरेको उक्त कार्यक्रम कम्प्युटर प्रशिक्षक सन्जिब गौतमले सहजीकरण गरेका थिए । कम्प्युटर सम्बन्धि विभिन्न कुरामा ज्ञान दिएको थियो । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष मिरा भुर्तेलले सहभागी विद्यार्थीलाई प्रमाणपत्र बितरण गरेकी थिइन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *