तीर्थ तिम्सिना(पालिका सन्देश)-सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप मंगलबारबाट बुद्धशान्तिमा लगाइने भएको छ ।
५५ वर्षमाथिका सबै नागरिकहरुलाई खोप लगाइने तयारी भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनुभएको छ ।
खोप बुद्धशान्ति गाउँपालिका केन्द्र र शान्तिनगर स्वास्थ्यचौकीबाट लगाइने स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताउनुभएको छ ।
भोलि (मंगलबार) र पर्सि (बुुधबार) लगाइने खोपमा आउने ५५ वर्षमाथिका सबै नागरिकहरुले आफ्नो परिचयपत्र, नागरिकता अनिवार्य लिएर आउनुपर्नेछ ।