बुद्धशान्ति(पालिका सन्देश) – केही महिना अघि कोरोनाका कारण मृत्यु भएकी झापा बुद्धशान्ति ४ की रिन्जु तामाङको सम्झनामा बनाइएको स्मारक ( स्मृति स्तम्भ )तोडफोड भएको छ ।
परिवारले आफ्नी छोरिको सम्झनामा बनाईएको प्रतिमा तोडफोड गर्ने जो कोहि भएपनि कार्वाही गरिदिन प्रशासन समक्ष आग्रह गरेका छन् ।
प्रहरीका अनुसार तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने बताइएको छ ।