Search
Close this search box.
Search
Close this search box.

बिरुवा खरिदमा भ्रष्टाचार गरेको भन्दै ३ जनाविरुद्ध मुद्दा दायर

९ भदौ, काठमाडौं – विरुवा खरीदमा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि महंगोमा खरीद गरी रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

EPIC EPIC EPIC

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालिन जिल्ला वन अधिकृत घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय घ बमोजिम सजाय माग गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *