Search
Close this search box.
Search
Close this search box.

मोटरसाइकलको ठक्करबाट झापामा गर्भवती महिलाको मृत्यु

झापा – मापसे गरी चलाएको मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ -चम्लागाई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राती ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राती नै लाइफलाइन अस्पताल दमक पठाएको थियो ।

EPIC EPIC EPIC

दमक पुर्‍याउन साथ उनको मृत्यु भएको थियो । यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका( १३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *