झापा- विचार चौतारी युवा क्लब मेचीनगरले बाल दिवसको अवसरमा बालबालिकालाई लत्ता कपडा वितरण गरेको छ ।
संस्थाले ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं।९ मागुरमाडीस्थित स्वबोध साधना केन्द्र अनाथ, असहाय आश्रित बाल आश्रममा रहेका बालबालिकालाई लत्ताकपडासहित खिर खुवाएको थियो ।
क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, क्लबका संस्थापक अध्यक्ष नेत्रप्रसाद मिश्र, पालिका सन्देशका सम्पादक तीर्थ तिम्सिना, पत्रकार चन्द्र वाग्ले, क्लबका उपाध्यक्ष शिक्षा घिमिरे, कोषाध्यक्ष उत्सव भट्टराई, सदस्यहरु क्षितिज प्रसाईं, इश्वर रिजाल, प्रकाश खनाल, कोपिला भट्टराई लगायतको उपस्थित रहेको थियो ।
उक्त अवसरमा साधना केन्द्रका अध्यक्ष थपलिया, क्लबका संस्थापक अध्यक्ष मिश्र, पालिका सन्देशका सम्पादक तिम्सिना लगायतले आ(आफना धारणा राखेका थिए ।
क्लबका सचिव तथा कार्यक्रम संयोजक रामचन्द्र नेपालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।
वि।सं।२०५६ सालमा स्थापित बाल आश्रममा हाल १५ जना बालबालिकाहरु आश्रित रहेका छन् । उनीहरुको खानपान, बसोबास तथा रेखदेख सो संस्थामै हुने गरेको छ ।