‘दशैंमा रम्ने र रमाउने चाहाना’

  • सीता खरेल

दशैं शब्द सुन्न साथ मनमा यति उमंग आउँदथ्यो हर्षको कुनै सिमा नै हुन्न थियो । जब मेरो उमेर अरुको साहारामा रम्ने र रमाउने थियो । बर्ष भरि कुरे पछि आएको दशैं त्यही पनि गाउँ घर तिरको छुट्टै रमाइलो ।

घर, बारीभरि ढकमक्क फुलेका फुलहरूको सुगन्ध , घरको नयाँ दृश्य देख्दा अनि आँफू संगै मिल्ने ती बालापनका केटाकेटीहरुको त्यो मिठो गफ सुनेर र दशैमा नयाँ कपडा लगाउने ,मामा घर जाने गफले मेरो मन एकदमै हर्षित हुन्थ्यो , वास्तवमै दसैंमा रमाउने भनेको त त्यही कलिलो बालापनको उमेर नै रहेछ , जतिबेला न मनमा पिडा ,न दुःख, न जिम्मेवारी मात्र खुशीको भारि हुन्थ्यो ।

EPIC EPIC EPIC EPIC EPIC

जति उमेर बढदै गयो त्यति रमाउने अनि खुसी हुने भन्दा पनि जिम्मेवारी बढदै जादो रहेछ, त्यसैले अहिले सम्झिँदा त्यो बालापनको रमाइलो सम्झेरै मनमा उमंग छाउने गर्छ ।


दशै त बालक, युवा, बृद्ध सबैलाई नै आउने गर्छ तर जति दशैंमा बालबालिका रमाउने गर्छन त्यो भन्दा अलि कम युवाहरू अनि अझै कम बृद्धहरु रमाउने गर्छन ।

हिन्दूहरुको महान चाडपर्वहरु मध्ये एक महत्त्वपूर्ण चाडको रूपमा दशैलाई लिने गरिन्छ ।यो महान चाडले परिवारमा धेरै नै उमंग ल्याउने गर्छ अझ बालबालिकालाई त धेरै नै रमाइलो ,पिङ खेल्ने आनन्द लिने , नयाँ कपडा किन्ने, मामा घर जाने , भन्ने कुराले दिल नै खुसी बनाउने गर्छ ।


त्यसैले दशैमा रम्ने र रमाउने चाहाना अत्याधिक धेरै बालापनमा नै हुने गर्छ जति बेला मन हर्षले भरिपुर्ण हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *