Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङ कोरोना भाइरस सङ्क्रमणमुक्त

ताप्लेजुङ(पालिका सन्देश )- ताप्लेजुङ कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । 

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना मुक्त जिल्ला भएको हो । 

EPIC

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यसअगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए । 

कोभिड–१९ को दोस्रो चरण सुरुवात भएपछि जिल्लामा दुई हजार ५३१  सङ्क्रमित भएका  थिए । 

तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६  सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । 

कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजार गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *