काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिहारलगत्तै नेपाल भ्रमण गर्ने भएका छन् । नेपालमा भारतबीच सम्बन्ध सुदृढ हुन नसकेको भनिरहकै समयमा मोदीको नेपाल भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री देउवाले भारतसँग लगातार सम्बन्ध विस्तार गर्न पहल गरेको र आफ्नो पहिलो भ्रमण भारतबाटै गर्ने बताए पनि त्यसो हुन नसकेपछि देउवा बेलायत भ्रमणमा गएका थिए ।
नेपाल र भारतबीचको सबै प्रकारको समस्या समाधान, नेपालको राजनीतिक अवस्था, दुईपक्षीय सहकार्य, सार्क शिखर सम्मेलनलगायतका विषयमा छलफल गरेका छन् । त्यस्तै उनको भारत भ्रमणबारेमा पनि छलफल भएको एक अधिकारीले जानकारी दिए । मोदी सकेसम्म तिहारलगत्तै नेपाल आउने गरी कार्यतालिका तय गर्ने र त्यस लगत्तै देउवालाई नयाँ दिल्लीले रातो कार्पेट ओछ्याउने भएको छ ।
मोदीले देउवासँगको सोमबारको संक्षिप्त भेटलाई समेत ट्वीटरमा उल्लेख गर्दै सहकार्यमा जोड दिएका छन् । उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे पनि त्यहाँ चिन्ता व्यक्त गरेका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले आधा दर्जन बढी नेताहरूसँग संक्षीप्त वार्ता गरेका थिए । आज पनि उनले वार्तालाई निरन्तरता दिएका छ । प्रधानमन्त्री देउवाले उच्चस्तरीय सत्र हाइलेभल सेगमेन्ट का बेला र रिसेप्सनमा अधिक अनौपचारिक भेटवार्ता गरेका हुन । उच्चस्तरीय सत्रलाई देउवाले सम्बोधन गरिसकेका छन् ।
देउवा र अमेरिकी राष्ट्रपति जो बाइडनबीच पनि संक्षीप्त भेट भएको थियो भने उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग लामै छलफल गरे । त्यसका अलवा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग पनि दुईपक्षीय वार्ता गरे । त्यस्तै उनले अहिले केहीबेरमा श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसँग दुईपक्षीय वार्ता गर्नेछन् ।