न्यू कञ्चनको बाह्रौं बार्षिक साधारणसभा,अध्यक्षमा पुन: ढकाल

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि बुद्धशान्ति ३ झापाको बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भएकोे छ ।


शुक्रबार सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुन ईश्वरीराज ढकाल चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा खेमराज कट्टेल, सचिवमा जनार्दन खतिवडा, सह सचिवमा कल्पना दंगाल, कोषाध्यक्षमा चन्द्रप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् ।

EPIC EPIC EPIC


समितिको सदस्यमा हीरा सुवेदी, घनेन्द्र भुर्तेल, प्रदिप गुप्ता, सिर्जना दंगाल आचार्य, देवीप्रसाद गौतम र बिष्णुप्रसााद ढकाल सर्वसम्मत चयन भएका छन् । लेखा समितिमा भने सुरज दंगाल संयोजक, बिष्णुमाया दाहाल र ज्ञानबहादुर धिमाल सदस्यमा चयन भएका छन् ।


संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भु्जेलको प्रमुख आतिथ्यमा, आदर्श नमुना सामुदायिक वन समितका अध्यक्ष तिलनारन रिजालको बिशिष्ट आतिथ्य रहेको थियो ।


कार्यक्रममा अध्यक्ष ढकालले प्रगति प्रतिवेदन पेश गरेका थिएभने लेखा समिति सदस्य ज्ञानबहादुर धिमालले लेखा प्रतिवेदन पेश गरेका थिए ।
सोही अवसरमा वर्ष उत्कृष्ट समूह, ऋणी, कर्मचारी समेत सम्मान गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च