उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।
राईले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । उनका दुई जना श्रीमती छन्।कान्छी श्रीमतीले आफूलाई छाडेर जाने गरेको भन्दै श्रीमती चतुरमायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
उनले फेरि सोही हतियारले आफ्नो घाँटी काटेको प्रहरीले जनाएको छ। आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
राईलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
 
								 
															

















