मंसिर २, झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य २०० रुपैयाले बढेर ९४ हजार ५०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९४ हजार ३०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि २०० रुपैयाले नै बढेर ९४ हजारमा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९३ हजार ८०० रहेको थियो ।
चाँदीको मूल्य भने हिजोको तुलनामा स्थिर रहेको छ । आज चाँदी १ हजार २८० मा कारोबार भइरहेको छ ।