मंसिर १३, झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १०० रुपैयाले घटेर ९२ हजारले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९२ हजार १०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि १०० रुपैयाले नै घटेर ९१ हजार ५०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको थियो ।
चाँदीको मुल्य भने १० रुपैयाले बढेर १ हजार २२० मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २१० रहेको थियो ।