काठमाडौं । शनिबार काठमाडौमा भएको राप्रपा नेपालको निर्वाचनपछि राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्।
२२७ मतले नि-बर्तमान अध्यक्ष कमल थापा पार्टीको महामन्त्री रहेका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन।पराजयसगै कमल थापाले सामाजिक संजालमा आक्रोश पोखेका छन्।
उनले आफुलाई हराउन निर्मल निवासले सक्रियता देखाएको भन्दै पुर्वाराजाप्रती आक्रोश पोखेका हुन्।उनले देशमा गणतन्त्र आइसक्दा पनि आफू राजसस्थाको नारा बोकेर हिडेको तर राजाले आफुलाई हराउन लागीपरेको भन्दै ट्विट गरेका छन्।आइतबार बिहान राप्रपा नेपालका नि-बर्तमान अध्यक्ष कमल थापाले गरेको ट्विट।
निर्वाचन ताका केही संचार माध्यममा पुर्वराजा ज्ञानेन्द्र शाहले राजेन्द्र लिङ्देनको पक्षमा उभिएको समाचारहरु प्रकाशित भएका थिए।
उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’