दमक । झापाको दमक नगरपालिकामा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–१० की ४९ वर्षीया घनादेवी आचार्य रहेकी छन् ।
कुटपिट गर्ने ४५ वर्षीय रामकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार रामकुमारको कुटपिटबाट घनादेवी गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनलाई विराटनगरको नोबेल अस्पतालमा ल्याइएको थियो । तर उपचार सम्भव नभएको भन्दै अस्पतालले फर्काइदिएपछि घर फर्किनेक्रममा उनको शुक्रबार राति ७ बजे मृत्यु भएको हो ।
यस विषयमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।