विराटनगर । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले ३७ मतले अग्रता बनाएका छन् ।
आज साँझसम्ममा चार सय मत गन्दा घिमिरेले दुई सय १२ मत प्राप्त गरेका छन् । यता, संस्थापन पक्षका उम्मेवार उद्धव थापा एक सय ७५ मतसहित घिमिरेलाई पछ्याउँदै छन् ।
उप सभापतिमा रमेशजङ्ग रायमाझीले एक सय ८६ मत पाउँदा टङ्कप्रसाद राईले एक सय ८१ मत, गोविन्द ढुङ्गानाले एक सय ७० र विश्वनाथ रिजालले एक सय ६९ मत पाएका छन् ।
महामन्त्रीका उम्मेदवार उमेश थापाले एक सय ९५ मत र दिपेनकुमार श्रेष्ठले एक सय ८५, भुपेन्द्र राईले एक सय ८० र पदमसुन्दर पालुङवाले एक सय ६६ मत पाएका छन् ।
सहमहामन्त्री महिलातर्फ सीता कार्कीले एक सय ८८ र प्रमिलाकुमारी गच्छदारले एक सय ७५ मत पाएका छन् ।
सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो दुई सय २७ मत, वीरकाजी राई एक सय ५८, विनोदकुमार बस्नेत एक सय ६८, रोहितकुमार साह एक सय ५१ र शुभचन्द्र राईले १४ मत पाएका छन् ।