काठमाडौं । पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।
आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।