काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ र ७१ वर्षका दुवै विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पीसीआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।