ब्राउन सुगरसहित बुधबारेबाट तीनजना पक्राउ

झापा । झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित फेरि तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । बुद्धशान्ति- ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दीपक तामाङले कोठाभित्र ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुधवार खानतलासी गर्दा सङ्खुवासभा चैनपुर- ११ बस्ने ३० वर्षीय दीपक तामाङ, सोही ठाउँका २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम- ४ बस्ने १९ वर्षिया सङ्गीता तामाङलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *