Search
Close this search box.
Search
Close this search box.

कांग्रेस सभापति पदको मतगणना सुरु, सभापति जित्न २३४० मत चाहिने

काठमाडौं । नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सभापति पदको मत गणना सुरु भएको छ । मंगलबार बिहान ४ बजेबाट मतगणना शुरु भएको हो। सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको मतदान करिब १२ घण्टापछि ११:४५ मा सकिएको थियो ।सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार ४ हजार ६ सय ७९ मत खसेका छ । ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ६४ जनाले मतदान गरेका छैनन् ।

EPIC EPIC EPIC

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत आवस्यक पर्छ। कसैको पनि बहुमत नपुगे धेरै मत प्राप्त गर्ने उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *