काठमाडौं । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । हालसम्म तीन हजार २ सय ८२ मत गणना भएको छ, जसमा देउवाले १ हजार ५ सय ५६ मत पाएका छन् ।
अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार १ सय १७ मत पाएका छन् । । प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्यण गुरूङले १७ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।