आज २०७८ साल पुस ८ गते बिहीबारको राशिफल ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट विशेष सहयोग मिल्ला । पुँजी बजारबाट लाभ हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मान सम्मान नपाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यसामु धन खर्च हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । शेयर बजारबाट पनि लाभ नहोला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता पनि मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो