काठमाडौं । बङ्गलादेशमा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यात्रुले भरिएको एमभी अभियान-१० नामक डुङ्गामा आगलागी हुँदा कम्तीमा ७२ जना अस्पताल भर्ना भएका छन् ।
शुक्रबार बिहान सुगन्धा नदी पार गर्ने क्रममा झालकाठी जिल्लामा सो डुङ्गामा आगलागी भएको फायर सर्भिस कन्ट्रोल रुमले जनाएको छ । डुङ्गामा आगलागी भएपछि धेरैले ज्यान बचाउन नदीमा हाम फालेका थिए ।
बरिसाल अग्नि नियन्त्रण सेवाका उपनिर्देशक कमल उद्दीन भुइयाँका अनुसार इन्जिन कक्षबाट डुङ्गामा आगो लागेको आशङ्का छ ।