इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्‍कर चालक पक्राउ

काठमाडौं। इन्धन चोरी गरेको आरोपमा प्रहरीले दुई जना ट्याङ्‍कर चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चालकहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँका २८ वर्षीय विकेश लामा रहेका छन्।

EPIC EPIC EPIC

उनीहरूलाई पेट्रोल ट्याङ्‍करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ।

काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट उनीहरू पक्राउ परेका हुन्।

मङ्सिर ३ गते इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्याङ्‍करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारीको आधारमा ट्याङ्‍कर चालकद्वयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पेट्रोल ट्याङ्‍करमा फल्स चेम्बर बनाई इन्धन लुकाएर भारत लैजाने र त्यतै बेचेर आयल निगमलाई हानि नोक्सानी पु¥याएको आरोप छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *