ओली, प्रचण्डसहितका पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको संख्या कटौती

काठमाडौं। सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको संख्या कटौती गरेको छ । 

ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लिएको भन्दै गृह मन्त्रालयले सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेको हो । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

यी चार जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा अगुवा गाडी समेत प्रयोग भएको थियो । त्यो पनि फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रावधान छ ।

तर, यी चार पूर्वप्रधानमन्त्रीले मापदण्डविपरीत धेरै सुरक्षाकर्मी लिएकाले फिर्ता गर्नुपरेको मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री ओमप्रकाश अर्याल अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा समितिको बिहीबारको बैठकले पूर्वप्रधानमन्त्रीहरूले लिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो । समितिको निर्णयपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मी कटौती गरेको स्रोतले बतायो ।

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले भने यसअघि नै दुईजना मात्रै पीएसओ राख्दै आएका थिए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा दुई जना पीएसओ मात्र खटाइने गरिन्छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *