झापामा जंगली हात्तीको आक्रमणबाट श्रेष्ठको मृत्यु

झापा। झापाको मेचीनगर नगरपालिका–१ दुर्जनचोकमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

मेचीनगर–१ निवासी ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठलाई गत असार २ गते बिहान करिब ४ः३५ बजे आफ्नै बारीमा लखेट्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्कालै बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

डाक्टरका अनुसार उहाँको बाहिरी चोट नदेखिए पनि गम्भीर अवस्था रहेको र बोल्नसमेत नसक्ने स्थिति रहेको थियो।

घटनाबारे बिहान ५ः३० बजेतिर जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गणेश कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हात्ती भने आक्रमणपछि जंगलतर्फ भागेको जनाइएको छ।

चिकित्सकको सल्लाह अनुसार उपचार सम्भव नभएको जनाइएपछि असार ५ गते साँझ करिब ५ बजे घाइते श्रेष्ठलाई उनका छोरा तेजबहादुर श्रेष्ठले घर ल्याएका थिए।

तर, सोही दिन राति करिब ८ः२० बजे घरमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगली हात्तीको बढ्दो आतंकसँगै स्थानीयवासीहरूमा त्रास फैलिएको छ। वन तथा सुरक्षासम्बन्धी निकायले हात्ती नियन्त्रण तथा सतर्कता उपाय कडा पार्नुपर्ने स्थानीयको माग छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *