झापामा तीन बर्षको अवधीमा २० वटा आत्महत्या दुरुत्साहनका घटना दर्ता

झापा। विगत तीन वर्षको अवधिमा झापामा आत्महत्या दुरुत्साहनबाट २० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा १२ महिला , ६ पुरुष र दुई बालिका रहेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७७–०७८ मा ९ जना, २०७८–०७९ मा ६ जना, २०७९–०८० मा ४ जना र चालु आर्थिक वर्षमा एक जनाको मृत्यु भएको हो ।

EPIC EPIC EPIC

आत्महत्या दुरुत्साहनसम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् । २०७७–०७८ मा ९ वटा , २०७८–०७९ मा ६ वटा ,२०७९–०८० मा ४ वटा र चालु आर्थिक वर्षमा एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार २० वटा मुद्दा दर्ता भएकोमा १४ वटा फर्छ्यौट भएको छ भने ६ वटा बाँकी रहेको छ ।

आत्महत्या दुरुत्साहन अपराधमा १३ पुरुष र ६ महिला पक्राउ परेका छन् । चार पुरुष र एक महिला फरार रहेको डीएसपी रिजालले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च